२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी

मन्त्रीहरूमा रामेश्वर खनाललाई पहिलो वरीयता

Rameshwor Khanal

सरकारले गठन गरेको मन्त्रीहरूमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ।

सोमबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन जना मन्त्रीहरूलाई शपथ गराएका हुन्।

पहिलो नम्बरमा अर्थमन्त्री खनाल छन् भने दोस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङ र तेस्रोमा गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल छन्।

प्रधानमन्त्री सुशीला कार्कीले तीनै जनालाई आइतबार साँझ नियुक्त गरेकी थिइन्।

तीनै जना मन्त्रीले आज शपथ लिएसँगै पदभार ग्रहण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain