२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी

संकटा क्लब सेमीफाइनलमा, झापा महिला गोल्डकप

झापाको दुधे रंगशालामा जारी प्रथम झापा महिला गोल्डकप प्रतियोगितमा संकटा क्लबले झापा एफसीलाई ६(० गोल अन्तरले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको छ । अघिल्लो खेल जस्तै आजको खेल पनि संकटाको एकतर्फी रह्यो । पहिलो हाफमा २ गोल गरेको संकटाले दोस्रो हाफमा झापाको पोष्टमा ५ गोल गर्यो । सेनु परियारले २४ औं मिनटमा संकटाको लागि गोलको खाता खोलिन् भने समिक्षा मगरले ४५ औं मिनटमा गोल संख्या दोब्बर गरिन् । भूटानी खेलाडी छिरिङ् वाङ्गदेनले ५५ मिनटमा गोल गरिन् भने पूर्णिमा राई ६१ र ८३ औं मिनटमा गोल गरिन् । ९० औं मिनटमा अरुणा सेङ्तानले गोल गरिन् । आजको म्यान अफ दि म्याच संकटाकी पूर्णिमा बनिन् । उनले नगद १५ हजार रुपैया हात पारिन् । भोलीको खेल त्रिभुवन आर्मी र आर एस पोखरा फुटबल क्लबविच हुने आयोजकले जनाएको छ । विजेताले नगद १० लाख १० हजार र उपविजेताले नगद ५ लाख रुपैया हात पार्ने छन् ।
नेपाल पुलिस, चर्च बोइज्, एपीफ, त्रिभुवन आर्मी, संकटा क्लब, आर एस पोखरा फुटबल क्लब, भारतको सिक्किम सिङ्लिङ स्पोर्टिङ क्बल र आयोजक गरी प्रतियोगितामा ८ टिम सहभागी छन् । फाइनल खेल कार्तिक २४ गते सम्पन्न हुने छ ।
सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ  र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain