२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी

नेपाल पुलिस क्लब च्याम्पियन, झापा महिला गोल्डकप

झापाको शिवसताक्षी नगरपालिका दुधे रङ्गशामा सम्पन्न प्रथम झापा महिला गोल्डकपको मिना देउवाको २२ औं मिनटको एकमात्र गोलले नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । च्याम्पियनसंगै नगद १० लाख १० हजार नगद हात पारेका छ । एपीएफ उपविजेता बन्दै ५ लाख रुपैयामा चित्त बुझाएको छ । आजको जितसंगै सिमरा गोल्डकपको फाइनलमा हारको बदला समेत पुलिसले लिएको छ । सर्वोत्कृष्ट खेलाडी साथै हाईस्कोर पुलिसकी मिना देउवा भएकी छिन् । प्रतियोगितमा ७ गोल गरिन् । उनले नगद १ लाख ५० हजार रुपैयाँ हात पारिन् ।

उत्कृष्ट गोलकिपर उषानाथ, मिडफिल्डर मोनिका मगर, उत्कृष्ट प्रशिक्षक भोला सिलबाल पुलिसका र उत्कृष्ट फरवार्ड अनिता केसी, उत्कृष्ट डिफेन्डर मनमाया दमाई भएका छन् । उनीहरुले जनही नगद २५ हजार रुपैया हात पारेका छन् । आजको प्लेयर अफ दि म्याच पुलिस गिता राना मगर भएका छन् । उनले नगद १५ हजार रुपैया हात पारेका छन् । १० हजार दर्शक क्षमताको मैदानमा दर्शकको उल्लेख्य उपस्थिति थियो । प्रतियोगितामा ३ टिम विभागिय, भारत सिक्किमको १ र नेपालको ४ गरी ८ टिम सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain