२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी

लियर्स कुखुरापालक संघको प्रथम साधारणसभा तथा झापा जिल्ला अधिवेशन

लियर्स कुखुरापालक संघको प्रथम साधारणसभा तथा झापा जिल्ला अधिवेशन

झापाको विर्तामोडमा लियर्स कुखुरापालक संघले अण्डाको उचित मुल्य नपाएको गुनासो गरेका छन् । प्रति कार्टुन ३५ सयमा कारोवार भई रहेको छ । तर लागत मुल्य नै ४ हजार रुपैयाको हाराहारी पर्ने किसानले बताएका छन् । आज विर्तामोडमा आयोजित संघको साधारणसभामा सो कुरा किसानले बताएका हुन् । ३ अरब रुपैया भन्दा वढी लगानी रहेको लियर्स कुखुरापालक ब्यवसायमा ४ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । झापामा दैनिक १ हजार कार्टुन अण्डा उत्पादन हुने गरेको छ । लियर्स कुखुरापालक किसान र ब्यवसायीलाई कोशी प्रदेश सरकारले गतवर्षबाट ब्याज अनुदान उपलब्ध गराउन थालेको छ । सहकारी संस्थाबाट १० लाख रुपैयासम्म ऋण भए ८ प्रतिशत, बाणिज्य बैंकबाट ५० लाखसम्मको ऋणमा ६ प्रतिशत ब्याज अनुदान उपलब्ध प्रदेश सरकारले गराउने गरेका छ ।

 

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain