अर्जुनधारा जलेश्वरधाममा पितृ उद्धारका लागि सद्विउ छर्ने भक्तजनको भिड
पूर्वको पशुपतिनाथको उपनामले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा पितृ उद्धारका लागि सद्विउ छर्ने भक्तजनको भिड लागेको छ । पितृ मोक्ष प्राप्तिको लागि यहाँ ठूलो संख्यामा देश तथा विदेशबाट तिर्थालु वर्षेनी आउने गरेका छन् । वालाचर्तुदशीको पर्वमा पितृ उद्धारका लागि सद्विउ छर्नको पूर्वी पहाडी जिल्ला र झापा, मोरगं, सुनसरी लगायत भारतको सिक्किम, दार्जिलिड., सिलिगुढी, कालेबुड. आसामनबाट समेत भक्तजनहरु आउने गरेका छन् । पशुपतिनाथको उपनामले अर्जुनधारा जलेश्वरधाम परिचित छ । राजधानीको पशुपति मन्दिरमा पुग्न नसक्ने भक्तजनहरु यहाँको मन्दिरमा पूजा आराधाना गरी फर्कने गर्दछन् । सद्विउ छर्नु अघि पछि शिवको मन्दिरमा जल चढाउने र दियो बाल्नेको भिड लाग्ने गर्दछ । टाढाका तिर्थालुहरु अघिल्लो दिन आई जाग्राम विहान विहान सद्विउ छर्दछन् ।



प्रतिक्रिया दिनुहोस्