२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी

मंशीर १७ गतेदेखि २१ गतेसम्म, अर्जुनधारा महिला खुला भलिबल

मंशीर १७ गतेदेखि २१ गतेसम्म, अर्जुनधारा महिला खुला भलिबल

झापामा अर्जुनधारा महिला खुला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । महिलाको उर्जा, सशक्त समाज, अर्जुनधारा नगरबाट खुला महिला भलिबल खेलको आवाज नाराका साथ हुने प्रतियोगिता मंशीर १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा कोशी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी, एभरेष्ट भलिबल क्लब, न्यू डाइमण्ड यूथ स्पोर्टिगं क्लब गरी जम्मा ६ टिम सहभागी हुने छ । खेल लिग कम नकआउटको आधारमा हुने छ ।  विजेताले नगद २ लाख, उपविजेतालाई १ लाख र तेस्रो हुने दुवै टोलीलाई तीस तीस हजार नगद प्रदान गर्ने आयोजकले जनाएको छ । सर्वोउत्कृष्ट खेलाडीलाई नगद १५ हजार, उत्कृष्ट ५ विद्यालाई जनही १० हजार र प्रत्येक म्याचको प्लेयर अफ द खेलाडीलाई जनही ५ हजार रुपैया प्रदान गरिने छ । खेल अर्जुनधारा नगरपालिकाको लक्ष्मी माध्यमिक विद्यालयमा सञ्चालन हुने छ । प्रतियोगिता सञ्चालनको लागि नगद २७ लाख रुपैया खर्च हुने छ । खेल, अर्जुनधारा नगरपालिकाले आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain