२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी

आर्मी र नेपाल पुलिस सेमीफाइनलमा खुला महिला भलिबल

आर्मी र नेपाल पुलिस सेमीफाइनलमा खुला महिला भलिबल

झापमा जारी अर्जुनधारा खुला महिला भलिबल खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान शुरक्षित गरेको छ । आर्मीले लुम्बिनीलाई २५–२१, २५–१८ र २५–१० ले पराजित गरेको हो । लुम्बिनी समूह चरणका दुवै खेलमा पराजय भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । खेलको प्लेयर अफ द म्याच आर्मीकी वसन्ती साउद भइन् । उनले नगद ५ हजार र ट्रफी हात पारिन् ।
आजै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेश भलिबल टिमलाई ३(० को सोझो सेटमा पराजित गरेको छ । पुलिसले कोशीलाई २५–१६, २५–१७ र २५–११ अकंले पराजित गरेको हो । प्लेयर अफ दि म्याच पुलिसकी आशिका क्षेत्री भईन् । उनले नगद ५ हजार रुपैया हात पारिन् । विजेताले नगद २ लाख र ट्र्फी उपविजेताले १ लाख हात पार्ने छन् । तेस्रो हुने दुई टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । विद्यागत तर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain