आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन कार्यको लागि राजनितिक दल निर्वाचन अधिकृतविच निर्वाचन आचारसंहिताको विषयमा छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा राजनितिक दलले चासो राखेका थिए । उम्मेद्धार मनोनयन पत्र दर्ताको मिति माघ ६ गते रहेको छ । मनोनयन पत्र दर्ता गर्न आवश्यक कागजात उम्मेद्धारले उपलब्ध गराउनु पर्ने, पार्टीका उम्मेद्धार दुईजना हुन नहुने, डब्बल भए निर्वाचन आयोगले छनौट गर्न गाह्रो हुने मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइटेलले बताएका छन् । झापा जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ वटा छन् । निर्वाचनमा प्रतिष्पर्धा गर्ने राजनितिक दलका प्रतिनिधिहरु उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस्