खिलप्रसाद सिवाकोटी शिक्षण कार्यबाट सेवा निवृत्त भए पश्चात् जीवन विज्ञान संस्थामा आबद्ध भई योग प्रशिक्षकका रूपमा रहेर स्वास्थ्यका साथै मानव मस्तिष्कलाई अध्यात्म चिन्तन तर्फ डोर्याउने कार्यका अतिरिक्त दृष्टि विहीन एवं अपाङ्ग व्यक्तिका सेवामा संलग्न हुनुहुन्छ साथै तपाईंबाट सामाजिक कार्यसँगै योग, संगीत, गायन, साहित्य सृजना, विद्यालय, मन्दिर, चोक, चौतारा, पोखरी, सडक छेउछाउ, सार्वजनिक स्थल सरसफाई र संरक्षण गर्ने कार्य भएका छन् । राष्ट्रको गौरव अभिवृद्धि गर्ने राष्ट्रिय विभूति, ऐतिहासिक धरोहर आदिको समयानुकूल समुचित श्रद्धा र सम्मान हुनुपर्छ भनी सोही अनुरूप गरिएका तपाइँको कार्यको उच्च मूल्यांकन गरी पत्रकार, साहित्यकार, समाजसेवी गोपीकृष्ण खनालका स्मृतिमा स्थापित समाजसेवा तर्फको गोपीकृष्ण स्मृति पुरस्कार–२०८२ खनालको ७९ औं जन्म जयन्तीका अवसरमा स्वस्थ सक्रिय दीर्घ जीवनको मंगल कामना व्यक्त गर्दै नगद रु. ५०,००५÷– (अक्षरेपि पचास हजार पाँच) सहित यो सम्मान पत्र सहित सम्मान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्