२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी

इन्डो-नेपाल क्रिकेट प्रतियोगिता शुरु

झापाको भद्रपुरस्थित मेची क्याम्पस क्रिकेट मैदानमा कोशी पाथिभरा इन्डो-नेपाल टी-२० क्रिकेट च्याम्पियनसिप २०८२ आजबाट शुरु भएको छ ।
आजको उद्घाटन खेलमा भारतको असाम राइनोले ग्रेट हिमालयन क्रिकेट एकाडेमी काठमाण्डौलाई ४२ रनले पराजित गरेको हो । असामले टस जितेर पहिले ब्याटिङ् गरेको थियो । असामले १८ दशमलब १ ओभरमा सवै विकेट गुमाएर ९६ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको काठमाण्डौले १६ दशमलब २ ओभरमा सवै विकेट गुमाएर ५४ रनमात्र बनाउन सक्यो । कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्ष २०८२ घोषणा गरेको छ । पर्यटनलाई प्रर्वद्धन गर्नको लागि भद्रपुर क्रिकेट क्लबले प्रतियोगिताको आयोजना गरेको हो । नेपाल र भारत चारचार गरी ८ टिम प्रतियोगितामा सहभागी छन् । खेल लिगचरणमा हुने आयोजकले जनाएको छ । विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । प्लेयर अफ द म्याच, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर, उदीयमान खेलाडी र सर्वोत्कृष्ट खेलाडीका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain