तस्वीर डोमालाल राजवंशी रङ्गशाला विर्ताबजार झापा

माघ २४ गतेदेखि फागुन ४ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने सातौं झापा गोल्डकप विनोद स्मृति संस्करण अन्तराष्ट्र्यि आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा १० टिम सहभागी हुने छन् । आयोजक झापा एघार, विभागिय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ क्लब, चर्चबोइज, मछिन्द्र फुटबल क्लब, लालिगुराँस एशोशियसन क्लब, सिगंलिगं स्पोटिगं क्लब सिक्किम, आर टि सी भूटान, एन पेनागं एफसी मलेशिया । विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् । सर्वोउत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिताका सार्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र प्रशिक्षकलाई जनही नगद ३५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्