सातौं झापा गोल्डकप विनोद स्मृति संस्करण अन्तराष्ट्र्यि आमन्त्रण नकआउट फुटबल प्रतियोगितालको उद्घाटन खेलमा झापा एघारले नेपाल पुलिस क्लबलाई २(१ गोल अन्तरले पराजित गरेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा ११ औं मिनटमा जोन विष्टले गोल गरी पुलिसलाई अग्रता दिलाए । झापा ११ शिशिर लेखीले ४५ औ मिनटमा बरावरी गोल गरे । दोस्रो हाफमा राजेश ढकालले ५९ औं मिनछमा गोल गरेर झापाको गोल संख्या दोब्बर बनाए । पुलिसले आक्रमणको प्रयास गरे पनि गोल गर्न नसक्दा हार ब्यहोर्नु पर्यो । आजको प्लेयर अफ दि म्याच झापा एघारका राजेश दाहाल भएका छन् । उनले नगद २५ हजार रुपैया हात पारे । भोलीको खेल त्रिभुवन आर्मी क्लब र चर्च बोइज यूनाइटेडविच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १० टिम सहभागी हुने छन् । आयोजक झापा एघार, विभागिय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ क्लब, चर्चबोइज, मछिन्द्र फुटबल क्लब, लालिगुराँस एशोशियसन क्लब, सिगंलिगं स्पोटिगं क्लब सिक्किम, आर टि सी भूटान, एन पेनागं एफसी मलेशिया । विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् । सर्वोउत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल प्रदान गरिने छ ।
प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्