झापामा जारी सातौं झापा गोल्डकप विनोद स्मृति संस्करण अन्तराष्ट्र्यि आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आजको खेलमा त्रिभुवन आर्मीले चर्चबोइज युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

झापाको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा २७ औं मिनटमा नविन लामाले गोल गरी आर्मीलाई अग्रता दिलाए । नवयुग श्रेष्ठले ४५ औ मिनटमा गोल गरी दोब्बर गोल संख्या दोब्बर बनाए । आर्मी तेतिमै रोकिएन ८५ औ मिनटमा सब्स्टीचुड खेलाडी जर्चप्रिन्स कार्कीले तेस्रो गोल गरे । दोस्रो हाफमा चर्चबोइज आक्रमणको प्रयास बुन्न नसक्दा हार ब्यहोर्नु पर्यो ।

आजको खेल आर्मीको एक तर्फी जस्तै र्हयो । आजको प्लेयर अफ दि म्याच आर्मीका नविन लामा भएका छन् । उनले नगद २५ हजार रुपैया हात पारे ।

विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् । सर्वोउत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
तस्वीर, भारती राई झापा टेलिभिजन



प्रतिक्रिया दिनुहोस्