झापामा जारी सातौं झापा गोल्डकप विनोद स्मृति संस्करण अन्तराष्ट्र्यि आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा कप्तान हरि कार्कीको ह्याट्र््िकको मद्धतले एपीएफ क्लब विजय बनेको छ । एपीएफले आटिसी भूटानलाई ४-१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ ।

झापाको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा एपीएफका प्रदिप लामाले छैटौं मिनटमा गोलको खाता खोलेका थिए । उता हरि कार्कीले १८ औं, २२ र ८४ औं मिनटमा गोल गरेका थिए । आरटिसीका केञ्जीगं तेन्जीनले ७८ औं मिनटमा पेनाल्टी मार्फत सान्तवना गोल फर्काए ।

आजको प्लेयर अफ दि म्याच एपीएफका हरि कार्की भएका छन् । उनले नगद २५ हजार रुपैया हात पारे ।

भोलीको खेल मछिन्द्र एफसी र एन पेनागं एफसी मलेशियाविच हुने आयोजकले जनाएको छ । विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

सर्वोउत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल प्रदान गरिने छ ।
प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

तस्वीर भारती राई झापा टेलिभिज



प्रतिक्रिया दिनुहोस्