नेकपा एमाले पार्टीले मिसन जनजाँगरण कार्यक्रमको शुभारम्भ शुरु गरेको छ । झापाको विर्तामोडमा अध्यक्ष केपी शर्मा ओलीले शुरु गरेका हुन् । नेकपा एमाले पार्टीभित्र नेतृत्व पर्नगठनको बहस चलेको छ । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली कमजोर अवस्थामा पुगेका छन् । यसै वेला पुर्नगठनवाला समुहलाई काउन्टर दिन आफ्नो पक्षको पार्टी पदाधिकारी लिएर ओली गृहजिल्ला झापा आउनु भएको हो । अवसर नपाएकाले भन्दा पटक पटक अवसर पाएकाले आफु विरुद्ध मोर्चाबन्दी गरेको र नेतृत्वबाट हटाउन लागेको उहाँको कथन छ । नेतृत्व परिवर्तनको विधि, प्रक्रिया, विधान छ । कोठा कोठामा बैठक गरेर नेतृत्व परिवर्तन हुन्न । हिजो पार्टीमा मतदान नगर्नेले पुर्नगठनको माग जोडले उठाएका छन् । कतिपय निर्वाचन क्षेत्रको मतदान केन्द्रमा पार्टी सदस्य भन्दा कम मत आएको उल्लेख गर्र्दै जिम्मेवार बन्न नेता तथा कार्यकर्तालाई आव्हान गर्नु भयो ।
भिडियो



प्रतिक्रिया दिनुहोस्