झापामा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान आजबाट शुरु गरिएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य चौकीबाट खोप सञ्चालन गरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
जापानिज इन्सेफ्लाईटिस (जेइ) सवै भन्दा वढी झापामा देखिएको हो । १२ जना मानिसमा जेई देखा परेको मध्ये ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैले जेई खोप सञ्चालन गरिएको हो । झापाका १५ वटै स्थानीय तहमा खोप सञ्चालन गरिने छ । असोज ५ गतेदेखि १५ गतेसम्म ३० वर्ष माथिका मानिसलाई खोप दिइने छ । ५ लाख ७० हजार खोप डोज लगाइने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
भिडियो



प्रतिक्रिया दिनुहोस्