२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी
भिडियो

त्रिभुवन आर्मीद्धारा आरएस पोखरा ६-० ले पराजित

झापाको दुधे रंगशालामा जारी प्रथम झापा महिला गोल्डकप प्रतियोगितमा त्रिभुवन आर्मीले आरएस पोखरा फुटबल क्लबलाई ६-० गोल अन्तरले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको छ । आर्मीको जितसंगै सेमीफाइनलको समीकरण समेत पुरा भएको छ । आर्मीको सेमी फाइनलमा चिरप्रतिद्धन्दी एपीएफ फुटबल क्लबसंग हुने छ । भने नेपाल पुलिस र संंकटा क्लबविच हुने छ ।
विमला चौधरीले ह्याट्रिक गरिन् । उनले ३३, ८५ र अतिरिक्त समयमा गोल गरी ह्याट्रिक गरेकी हुन् । आर्मीका जेनिफर मगरले १६ औं मिनटमा गोल गरी खाता खोलिन् । विमला विकले ४५ औं र सर्मिला थापाले ९० औं मिनटमा गोल गरिन् । आजको प्लेयर अफ दि म्याच आर्मीकी विमला चौधरी भईन् । उनले नगद १५ हजार रुपैया हात पारिन् । भोली नेपाल पुलिस र संकटा क्लबविच पहिलो सेमीफाइनल खेल हुने आयोजकले जनाएको छ । विजेताले नगद १० लाख १० हजार र उपविजेताले नगद ५ लाख रुपैया हात पार्ने छन् ।
नेपाल पुलिस, चर्च बोइज्, एपीफ, त्रिभुवन आर्मी, संकटा क्लब, आर एस पोखरा फुटबल क्लब, भारतको सिक्किम सिङ्लिङ स्पोर्टिङ क्बल र आयोजक गरी प्रतियोगितामा ८ टिम सहभागी छन् । फाइनल खेल कार्तिक २४ गते सम्पन्न हुने छ ।
सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain