एपीएफ, आर्मीलाई टाईब्रेकरमा ४-२ गोल अन्तरले पराजित
झापाको शिवसताक्षी नगरपालिका दुधे रङ्गशामा जारी प्रथम झापा महिला गोल्डकप प्रतियोगितामा एपीएफ फुटबल क्लब त्रिभुवन आर्मीलाई टाईब्रेकरमा ४-२ गोल अन्तरले पराजित फाइनल प्रवेश गरेको हो । उपाधिको लागि नेपाल पुलिस क्लबसंग प्रतिष्पर्धा गर्ने छ । टाईब्रेकरमा एपीएफको निशा थोकर, सविता राना मगर, अनिता बस्नेत, रस्मी कुमारी घिसिगं गोल गरिन भने रेनुका हमालको प्रहार विपक्षी किपरले रोकेका थिए । यसै गरी त्रिभुवन आर्मीका विमला विक, अनिता लम्जेलले मात्र गोल गरेका थिए । विमला चौधरी, सुमिता चौधरीको प्रहार एपीएफ गोल किपरले रोकेका थिए । निर्धारित समयको खेल एकएकको बराबरी भएपछि सिधै टाईब्रकेरमा खेल गएको हो । आर्मीका चन्द्र भण्डारीले ६३ औं मिनटमा गोल गरेका थिए भने एपीएफका अनिता बस्नेतले बराबरी गोल गरेका थिए । फाइनल खेल पुलिस र एपीएफविच २४ गते सोमबार हुने आयोजकले जनाएको छ । विजेताले नगद १० लाख १० हजार र उपविजेताले ५ लाख रुपैया हात पार्ने छन् । आजको प्लेयर अफ दि म्याच एपीएफकी अन्जना राना मगर भइन् । उनले नगद १५ हजार रुपैया हात पारिन् ।



प्रतिक्रिया दिनुहोस्