२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी
भिडियो

मछिन्द्रले एन पेनागं एफसी मलेशियालाई २-१ गोल अन्तरले पराजित

झापामा जारी सातौं झापा गोल्डकप विनोद स्मृति संस्करण अन्तराष्ट्र्यि आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमी फाइनलमा मछिन्द्र फुटबल क्लबले त्रिभुवन आर्मीसंग भेट पक्का गरेको छ । आजको खेलमा मछिन्द्रले एन पेनागं एफसी मलेशियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । झापाको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मछिन्द्रका सनिश श्रेष्ठले १९ औं मिनटमा गोल गरी अग्रता दिलाए । तर पेनागं जोन जीडे ऐनाले ६२ औं मिनटमा बरावरी गोल गरे । त्यसपछि दुवै टिमले आक्रमण प्रयास तिब्र बनाए । ८२ औं मिनटमा मछिन्द्रका विदेशी खेलाडी जोनाथन इ.सी. जोररीलाले गोल गरेर जित दिलाए । आजको प्लेयर अफ दि म्याच मछिन्द्रका जोनाथन इ.सी. जोररीला भएका छन् । उनले नगद २५ हजार रुपैया हात पारेका छन् । भोलीको पहिलो सेमीफाइनल खेल आयोजक झापा एघार फुटबल क्लब र एपीएफ क्लबविच हुने आयोजकले जनाएको छ । विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् । सर्वोउत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain