२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी
भिडियो

आयोजक झापा एघार एपीएफसंग पराजित

झापामा जारी सातौं झापा गोल्डकप विनोद स्मृति संस्करण अन्तराष्ट्र्यि आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा एपीएफ फाइनलमा प्रवेश गरेको छ । झापाको डोमालला राजवंशी रंगशालामा भएको खेलमा एपीएफले आयोजक झापा ११ लाई टाइव्रेकरमा ४-२ गोल अन्तरले पराजित गरेको हो । झापा एघारको खेलाडी रिलिज विबादले खेल १ घण्टा ढिलो शुरु भएको थियो ।
एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समीराज ठोकरले गोल गरे भने प्रदिप लामाको प्रहार विपक्षी किपरले सेभ गरेका थिए । झापाका रोमन भूजेल र रोहन कार्कीले मात्र गोल गरे । नारायण क्षेत्री र गौरब धिमालको प्रहार विपक्षी किपरले रोकेका थिए । आजको पहिलो गोल झापाका रिर्चाड विलसनले ६४ औ मिनटमा गोल गरेका थिए भने एपीएफे प्रदिप लामाले ७७ औं मिनटमा बराबरी गोल फकाए । आजको प्लेयर अफ दि म्याच एपीएफका गोलकिपर अञ्जल श्रेष्ठ भए । उनले नगद २५ हजार रुपैया हात पारे । भोलीको दोस्रो सेमीफाइनल खेल त्रिभुवन आर्मी र मछिन्द्र क्लबविच हुने छ । विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् । सर्वोउत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain