झापामा जारी सातौं झापा गोल्डकप विनोद स्मृति संस्करण अन्तराष्ट्र्यि आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लबले फाइनलमा एपीएफ क्लबसंग भेट पक्का गरेको छ । मछिन्द्र, त्रिभुवन आर्मीलाई ४-० गोल पराजित गरी फाइनलमा गरेको हो । झापाको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मछिन्द्रका जोनाथन इ.सी. जोररीलाले ह्याट्र्कि गरेका हुन् । उनले खेलको चौथों, २५ औं र ५३ औं मिनटमा गोल गरे । रेजिन शुब्बाले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । रेजिन शुब्बाले काउन्टर एट्याकमा गोल गरेका हुन् । शुरुवातदेखि नै मछिन्द्रले दवाब वढायो । मध्यान्तरतिर त्रिभुवन आर्मीले आक्रमण तिब्र बनाए पनि गोल गर्न नसक्दा हार ब्यहोर्नु पर्यो । आजको प्लेयर अफ दि म्याच मछिन्द्रका जोनाथन भएका छन् । उनले नगद २५ हजार रुपैया हात पारे । फाइनल खेल फागुन ४ मछिन्द्र क्लब र एपीएफ क्लबविच हुने छ ।
विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् । सर्वोउत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल प्रदान गरिने छ ।
प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
भिडियो



प्रतिक्रिया दिनुहोस्