२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी
भिडियो

काँग्रेसले भदौं २३ अगाडि-पछाडि दुवै घटनाको जिम्मा लिने विश्व प्रकाश

राजा, भूराजनितिक, शुसासनको विषयमा सार्वजनिक बहस गर्न नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बताएका छन् । आज झापाको मेचीनगरमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा शर्माले बताएका हुन् । झापाको निर्वाचन क्षेत्र ५ मा नेकपा एमाले र राष्ट्र्यि स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको रुपमा उठाएको उम्मेद्धार केपी शर्मा ओली र बालेन्द्र शाह हुन् । उनीहरुसंगै बहस गर्न नेपाली काँग्रेसका सभापति गगन थापा उपस्थित हुने र त्यसको ब्यवस्थापन गर्न काँग्रेस पार्टीको केन्द्रीय चुनाव परिचालन समितिको संयोजक रुपमा आफू तयार रहेको दावी शर्माले गरेका छन् । भदौं २३ अघिको नेपाली काँग्रेस र २३ पछिको नेपाली काँग्रेस परिवर्तन भई सकेको छ । काँग्रेस ठूलो पार्टी हुनुको नाताले राम्रो कामको स्वामित्व लिने र नराम्रो कामको समेत जिम्मेवारी लिने उल्लेख गर्नु भयो । त्यसैले फागुन २१ गतेको निर्वाचनमा सम्पूर्ण मतदातालाई रुख चिन्हमा मतदान गर्न अपिल समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain