२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी
भिडियो

संसदमा माइक काटेको आरोप रवि लामिछाने

काठमाण्डौबाट भद्रपुर विमानस्थल ओर्लिएका सभापति रवि लामिछाने सिधै काकरभिट्टा जानु भएको हो । पूर्वपश्चिम राजमार्गमा पर्ने इटाभट्टा, धुलाबारी, चारआली हुदै विर्तामाड विहान साढे १० बजे आइपुगेका थिए । ठूलो कार्यकर्तासंग आएका लामिछाने विर्तामोडमा करीव ५ मिनट रास्वपा उम्मेद्धार इन्दिरा राना मगरको भोट मागेका थिए । मतदातालाई प्रत्यक्ष र समानुपातिक दुवैमा घण्टी चिन्हमा मतदान गर्न अपील समेत गरेका छन् । सुरुङ्गा, दुधे, झिलझिले, केरखामा चुनावी र्याली गरी १२ बजे दमक पुग्ने कार्यक्रम उनको रहेको जनाइएको छ । दमक, झापाको क्षेत्र नम्बर ५ हो । जहाँ रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली चुनावी प्रतिष्पर्धामा छन् । लामिछाने आजै सुनसरीको इटहरी पुग्ने छन् । उनी तराई केन्द्रित चुनावी दौडाहामा निस्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain