२०८३ बैशाख ६
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी
भिडियो

आर्मीको विजय शुरुवात, चन्द्रगढी महिला गोल्डकप

झापाको भद्रपुरमा आजबाट चन्द्रगढी महिला गोल्डकप शुरु भएको छ । आजको उद्घाटन खेलमा त्रिभुवन आर्मीले आर एस पोखरा एफसीलाई ६-० गोल अन्तरले पराजित गरेको छ । एकपक्षीय खेलमा आर्मीले शुरुवात देखि नै दवाब बनाएको आर्मीका दिपा शाहीले ११ औं मिनटमा गोलगरी टिमलाई अग्रता दिलाए । विमला चौधरीले २६ औं र २८ औं मिनटमा गोल गरिन् । ३५ औं र ६३ औं मिनटमा चन्द्र भण्डारीले गोल गरिन् । द्रोस्रो हाफको ५० औं मिनटमा जेनिफर राना मगरले, भोलीको खेल चर्च बोइज यूनाईटेड र भुटानको थिम्पु सिटी फुटबल क्लबविच हुने आयोजकले जनाएको छ । विजेताले नगद ११ लाख रुपैया र ट्र्फी उपविजेताले नगद ५ लाख रुपैया प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain