२०८३ जेष्ठ २०
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी
भिडियो

आर्मी र एपीएफको भिडन्त चन्द्रगढी महिला गोल्डकप

चन्द्रगढी महिला गोल्डकपको उपाधि आफुले उचाल्ने त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लब दुवैले दावी गरेका छन् । उपाधिको लागि भोली झापाको मेची रंगशालामा प्रतिष्पर्धा गर्ने छन् । आर्मी, गत असोजमा सञ्चालित झापा शिवसताक्षी महिला गोल्डको च्याम्पियन नेपाल पुलिस क्लबलाई २(१ गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । त्यसैले उच्च मनोवलका साथ मैदानमा प्रतिष्पर्धा गर्ने आर्मीका कोचले बताएका छन् । उता एपीएफ फुटबल क्लब राष्ट्रिय टिमका अधिकाश खेलाडी भएकाले सेट टिम हो । टिम स्प्रीटले खेल जित्ने दावी एपीएफ कोचको भनाई छ । बैशाख ५ गतेबाट सञ्चालित भोली समापन हुने छ । विजेताले नगद ११ लाख र ट्रफी र उपविजेताले नगद ५ लाख हात पार्ने छन् । उता फरक प्रसंगमा महिला लिग फुटबल अचानक स्थगित भएकोमा एन्फा र राष्ट्रिय खेलकुद प्रति दुवै टिमका कोचले आक्रोश ब्यक्त गरेका छन् । प्रतियोगिता सञ्चालन भई रहेको समयमा खेलाडीको श्रम स्वीकृतको डण्डा चलाएर खेल्नबाट खेलाडी बन्चित गरेको भनाई छ । यो एन्फा र राष्ट्रिय खेलकुद परिषद्को राजनिति खेलाडीले भोग्नु परेका छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain