२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी
भिडियो

झापाको विर्तामोडमा भाक्का दिवस

नेपालको पूर्वी तराईमा बसोवास गर्ने आदिवासी समुदाय राजवंशीले झापाको विर्तामोडमा भाक्का दिवस मनाएका छन् । परम्परागत परिकार, भाक्काको प्रसार तथा बजारीकरण गर्ने उद्धेश्यले भाक्का दिवस मनाउन थालिएको आयोजकले जनाएको छ । झापा, मोरङ् र सुनसरी राजवंशी समुदायको बसोवास छ । जाडोको मौसम्मा परम्परागत परिकार भाक्का खाजाको रुपमा खाने चलन छ । चामललाई पिठो बनाइन्छ । त्यसलाई तातो पानीको वाफमा पकाईन्छ । पुस्तौदेखि बनाउदै र खादै आएको भाक्का पाहुनाको सम्मानमा समेत खाजा तथा खानाको रुपमा दिइन्छ । उपस्थित सवैलाई एकवटा भाक्का, सव्जी र अचार निशुल्क वितरण गरिएको थियो । भाक्कालाई बजारीकरण गरी आय आर्जन बृद्धि गर्ने उद्धेश्यले भाक्का दिवसको शुरुवात गरिएको हो । भाक्का शरीरको लागि समेत स्वास्थ्य वद्र्धक खाने परिकार हो । प्रत्येक वर्षको पुस २९ भाक्का दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain