२०८३ बैशाख ६
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी
भिडियो

झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव स्थगित

झापाको मेची रङ्गशालामा सञ्चालित झापा उद्योग बाणिज्य सघंले सञ्चालन गरेको झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव स्थगित गरेको छ । माघ ७ गतेबाट २२ गतेसम्म महोत्सव सञ्चालनको गर्न प्रशासनबाट स्वीकृती लिएको थियो । झापा उद्योग वाणिज्य संघले आयोजना गरेको मेची रंगशालामा सञ्चालित महोत्सवलाई प्रहरी–प्रशासनले निर्वाचन आचारसंहिताको कारण उल्लेख गर्दै देखाएको रवैया प्रति उद्योग–व्यवसाय सञ्चालन गर्नसक्ने वातावरण बन्न नसकेको स्पष्ट हुन्छ । यसप्रति झापा उद्योग वाणिज्य संघले सरकारी कदमको झापा उद्योग बाणिज्य संघका अध्यक्ष राज कुमार राईले आपत्ति प्रकट गरेका छन् । उद्योगी–व्यवसायीहरुको आवश्यकता, मर्म र भावनाविपरीत प्रहरी–प्रशासनबाट भएको ज्यादतीको संज्ञा दिएको छ । यस कदमको विरुद्ध एकताबद्ध हुन पनि आम उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, उपभोक्ता अधिकारकर्मीहरुप्रति आह्वान समेत गरेको छ । महोत्सव स्थगितले १ करोड रुपैया घाटा भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain