आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचचमा सर्वाधिक चासोको रुपमा रहेको झापाको क्षेत्र नम्बर ५ मा नेकपा एमाले केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्यको मनोनयन पत्र दर्ता गरेका छन् । बालेन्द्र शाहले १२ बजेर ४० मिनटमा र एमाले अध्यक्ष केपी शर्मा ओलीले २ बजेर १५ मिनटमा निर्वाचन अधिकृतको कार्यालयमा मनोनय पत्र दर्ता गरेका हुन । निर्वाचन अधिकृतको कार्यालय दमक नगरपालिका वडा नम्बर ८ मा रहेको आर्गनिक कृषि भवनमा रहेको छ । यसै गरी नेपाल कम्यूनिष्ट पार्टीका रञ्जित तामाङ्, नेपाली काँग्रेसका मन्दरा पौडेल र श्रम सस्कृति पार्टीका समीर तामाङ्ले मनोनयन पत्र दता गरेका छन् ।
भिडियो



प्रतिक्रिया दिनुहोस्