२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी
भिडियो

महिला भलिबलको उपाधि पुलिसको पोल्टामा

नेपाल पुलिस क्बल, एपीएफ क्लबलाई पराजित गर्दै अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । च्याम्पियनसंगै नगद २ लाख रुपैया र ट्रफी हात पारेको छ भने एपीएफले १ लाख रुपैयामा चित्त बुझायो । झापाको अर्जुनधारा नगरपालिका आयोजना गरेको प्रतियोगितामा पुलिसले एपीएफलाई ३-१ को सेटमा पराजित गरेको हो । पुलिसले पहिलो, तेस्रो र चौथो सेट २५-२३, २५-१८ र २५-२१ अकं प्राप्त गरेर जित हासिल गरेको हो । एपीएफले दोस्रो सेटमात्र २०-२५ जित्यो ।
प्लेयर अफ दि टुर्नामेन्ट, पुलिसकी आशिका क्षेत्री भएकी छिन् । उनले नगद १५ हजार नगद प्राप्त गरिन् । विद्यागत पुरुष्कार पुलिसको बर्चस्व रह्यो । बेस्ट स्पाइकर, एपीएफकी सृष्टी खड्गी । बेस्ट सर्भर, एपीएफकी जस्ना महत्तो । बेस्ट ब्लकर, पुलिसकी मनिषा चौधरी । बेष्ट डिफेन्डर, एपीएफका यमुना रसाइली । बेस्ट सेटर, पुलिसकी जमुना पुन र वेष्ट कोच, पुलिसका रुपेश श्रेष्ठले १० हजार रुपैयाँ नगद हात पारेका छन् । प्रतियोगितामा ६ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain