झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ दोकनडाँडामा मेचे समुदायले होमस्टे सञ्चालन शुरु गरेका छन् । लाउख्रीफारा मेचे होमस्टे सञ्चालनको लागि शिप विकास तथा आधारभूत कुक शिक्षा मेचे समुदायले लिएका छन् । झापाको मेचीनगरमा बहुलरुपमा बसोवास गर्ने मेचे समुदायको जनसंख्या ०७८ को गणना अनुसार ४ हजारको हाराहारीमा छ । लोपउन्मुख जातिमा पर्ने मेचे समुदायको आफ्नै भाषा, संस्कार र पहिरन छ । होमस्टेमा आगन्तुक पाहुनालाई आफ्नै परम्परा गत खाना खुवाउने, गीत तथा नृत्य प्रस्तुत गर्ने, त्यसैको लागि शिप विकास, कुक तालिम र आर्थिक समेत पर्यटन कार्यालयले उपलब्ध गराएको लाउख्रीफारा मेचे होमस्टे सञ्चालक समितिका अध्यक्ष अग्नीमाया मेचेले बताईन् । १० वटा घरमा होमस्टे सञ्चालन गर्ने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्