एपीएफ क्बलकोले विजय शुरुवात
अर्जुनधारा खुला महिला भलिबल खेलमा एपीएफ क्बलले विजय शुरुवात गरेको छ । झापाको अर्जुनधारा नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगिता एपीएफले एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । २५-११, २५-१५ र २५-२० अकंले पराजित गरेको हो । आजको प्लेयर अफ दि म्याच एपीएफका नेविका चौधरी भएकी छिन् । उनले नगद ५ हजार प्राप्त गरेकी छिन् ।
प्रतियोगितामा ६ टिम सहभागी छन् । दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेष्ट र त्रिभुवन आर्मी छ । समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् । विजेताले नगद २ लाख र ट्र्फी उपविजेताले १ लाख हात पार्ने छन् । तेस्रो हुने दुई टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । विद्यागत तर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस्