२०८३ जेष्ठ २०
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

मिस नेपाल छनौट प्रक्रिया जेठ १४ बाट

 

द हिडन ट्रेजरले बहुप्रतीक्षित मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ। नेपालभरि तम विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीहरूलाई यस प्रतिष्ठित प्रतियोगितामा आवेदन दिन आमन्त्रण गरिन् आवेदन दिने अन्तिम मिति जेष्ठ २५, २०८३ सम्म रहेको छ।

मिस नेपाल २०२६ को ग्रान्ड फिनाले २०८३ श्रावण १६, शनिबार पुल्चोकस्थित द प्लाजाम आयोजना गरिनेछ। यस कार्यक्रमले सौन्दर्य, प्रतिभा र गरिमाको अद्भुत प्रस्तुति दिनेछ। ग्रान्ड फिनाले हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।


मिस नेपाल २०२६ का लागि योग्यता मापदण्ड अनुसार सहभागीहरूको न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १ देखि २७ वर्षबीच हुनुपर्नेछ।

आवेदकसँग नेपाली नागरिकता हुनुपर्छ। विदेशमा बसोबास गर्ने नेपालीहरूले गृह मन्त्रालयद्वारा जारी एनआरएन कार्डका साथ आवेदन दिन सक्नेछन्। दर्ता निःशुल्क छ।

मिस नेपालको खोज, देशका विभिन्न सहरहरू बिर्तामोड, इटहरी, बुटवल, पोखरा, नेपालगन्ज र जनकपुरम् सञ्चालन गरिनेछ।

साथै, यस अवधिमा काठमाडौंका १० कलेजहरूमा मिस नेपाल एक्टिभेसन अभियान सञ्चालन गरिनेछ। अन्तिम अडिसन जेष्ठ २६, २०८३ मा काठमाडौंमा आयोजना हुनेछ। छनोट भएक प्रतिस्पर्धीहरूले ग्रान्ड फिनालेका लागि आवश्यक प्रशिक्षण तथा ग्रुमिङ प्राप्त गर्नेछन्।


जेठ १४ गते विर्तामोडको होटल सिद्धार्थमा छनौट कार्य शुरु गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain