२०८३ भाद्र २७
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

होटल ब्यवसाय सञ्चालन गर्न संकट

ब्यवसाय सञ्चालन गर्न संकटको परेको होटल ब्यवसायीले बताएका छन् । कामदारको ज्याला र कोठा बहाल तिर्न नसक्ने अवस्थामा पुगे ब्यवसायीको गुनासो छ । आज होटल ब्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ब्यवसायी आफ्नो धारणा राखेका हुन् ।

पूर्वीनाका काकरभिट्टामा होटल ब्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सातै प्रदेशका ब्यवसायी उपस्थित थिए । पूर्वी नाका काकरभिट्टा भारत, भूटान, बंगलादेश र म्यानमार ४ देशको पर्यटक भित्रने नाका हो । अझै भारत सरकारले डलर बचतको लागि अन्य देश भ्रमणको लागि कडाई गरेपछि ।

भारतीय पर्यटक नेपाल आउनेको संख्या उल्लेख्य बृद्धि भएको तथ्याकं छ । तर २५ हजार भारतीय रुपैया सिमा र नाकाको अनावश्यक चेकजाँचले समस्या उत्पन्न भएको ब्यवसायी मेचीनगर होटल ब्यवसायी संघ झापाका वरिष्ठ उपाध्यक्ष, मान बहादुर गिरीको भनाई छ ।


सरकार र स्थानीय तहले होटल ब्यवसायको दक्ष कामदार उत्पादनमा लगानी गर्नुपर्ने सुझाब ब्यवसायीले दिएका छन् । कामको ग्यारेन्टी ब्यवसायीले गर्ने बताएका छन् । विजुलीमा भ्याट, ग्याँसको हाहाकार र साँझ १० बजे नै बन्द गर्नुपर्ने अवस्थाले ब्यवसायी पलायन हुने अवस्थामा पुगेको सहभागीको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain