हात हतियार तथा गोली फेला
२०८२ साल मंशीर ४ गते साँझ झापाको दमक नगरपालिका वडा नं. ०१ बुद्ध टोल स्थित रतुवा खोला किनारको काँसघारीमा बेबारिसे अवस्थामा हातहतियार तथा गोलीगठ्ठा फेला परको छ । म्याग्जिन सहितको ३११०३३६१ नम्बर भएको ईन्सास राइफल थान–१, म्याग्जिन सहितको ३११०३३६४ नम्बर भएको ईन्सास थान–१, म्याग्जिन नभएको ३११०३५१२ नम्बर भएको ईन्सास थान–१ । ३०३ को जंगी राउण्ड थान–१३४ । क्ीच् को जंगी राउण्ड थान–५ । क्ष्ल्क्ब्क् को जंगी राउण्ड थान– २० । गोली राख्ने बिन्दुली थान–३ । इलाका प्रहरी कार्यालय दमक झापाको प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिनु भएको छ । प्राप्त भएको हतियार गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा लुटपाट तथा हराएको हतियार भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्