२०८३ बैशाख ६
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

नेपाल अर्थोपेडिक एसोसिएसनको ३१ औं वार्षिक सम्मेलन 

नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औं वार्षिक सम्मेलनको कार्यक्रम पहिलोपटक कोशी प्रदेशको झापा जिल्लामा आयोजना हुर्न पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । यही माघ २९ गते देखि सुरु भई फागुन ३ गतेसम्म आयोजना गरिएको यस महाकुम्भमा एकसय भन्दा बढी हाडजोर्नीका अन्तर्राष्ट्रिय चिकित्सकहरू सहभागी हुनेछन । नेपालबाट चारसय भन्दा ढीको सहभागिता रहने छ । होटल मेचीक्राउन धुलाबारीमा अन्तर्राष्ट्रिय सेमिनारको मुख्य कार्यक्रम आयोजना गरिएको छ । उक्त रकम विभित्र स्रोतहरुबाट जुटाउने प्रयास भएको छ। जसमध्ये कोशी प्रदेश सरकारबाट ५ लाख रुपैयाँ कार्यक्रम सञ्चालन गर्न औषधि कम्पनीहरु, इम्प्लान्ट कम्पनी तथा अन्य व्यवसायी कम्पनीहरूबाट सौजन्य जुटाइनेछ । कोशी प्रदेशको झापा जिल्लामा नै पहिलोपटक आयोजना गरिएको अर्थोकोन २०२६ को सञ्चालनका लागि स्थानीय सङ्घ संस्था एवं व्यक्तिहरूले पनि साथ र सहयोग गर्ने प्रतिबद्धता रहेको छ । कार्यक्रम उद्घाटन समारोहमा झापाका प्रमुख जिल्ला अधिकारीले गर्नु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain