अखिल नेपाल फुटबल संघ एन्फाले अर्ली इलेक्शन स्थगित गरेको छ । राष्ट्रिय खेलकुद परिष्दले ३ महिनाको लागि एन्फालाई निलम्बन गरेको छ । निलम्बनमा परेको एन्फाले फिफा र एएफसीको सहमतिमा अर्लि इलेक्शन स्थगित गरेको हो । आज झापाको मेची क्राउन्स होटलमा सम्मेलनको आयोजन गरेको थियो । पहिलो पक्ष फिफा, दोस्रो पक्ष एन्फा र तेस्रो पक्ष नेपाल सरकार हो ।

तेस्रो पक्षको हस्तक्षेप भएको फिफाको बुझाई हो । नेपाली फुटबल विकासको लागि सवै पक्ष मिल्नुको विकल्प नभएको अध्यक्ष पंकज विक्रम नेम्बाङ्को भनाई छ । सरकारी निर्णय पालन गरेको एन्फा महासचिव किरण राईले बताएका छन् । दुई तिहाई सदस्यको उपस्थित रहेको अवस्थामा साधारणसभा स्गगित गरिएको जनाउदै भेलामा परिणत भएको दावी एन्फाको रहेको छ ।




प्रतिक्रिया दिनुहोस्