नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता बनाउनका लागि आयोजना हुन लागेको चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय बामन्त्रण नकआउट फुटबल प्रतियोगिताबारे सुनाउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौं । पहिलोपटक हुन लागेको चन्द्रगढी महिला गोल्डकप २०८३ वैशाख ५ गतेदेखि १४ गतेसम्म मेची रंगशाला, भद्रपुरमा सञ्चालन गर्ने तयारी गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक भद्रपुरकै ओम साई पाथिभरा हस्पिटल रहेको छ। त्यस्तै, उपविजेताको पुरस्कार सजिलो नेटले प्रायोजन गरेको छ। भद्रपुर नगरपालिका र सम्पूर्ण वडा कार्यालयहरुले प्रतियोगितालाई सहयोग गरेको जानकारी गराउँछौं । काठमाडौंबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई महिला फुटबलको हबको रुपमा विकसित गराउन आयोजक चन्द्रगढी युवा क्लब लागिपरेका छौं। महिला फुटबल क्लबको विकास र प्रवर्धनसँगै चन्द्रगढी महिला गोल्डकपलाई निरन्तर रुपमा सञ्चालन गर्नका लागि सबैजना सक्रियताका साथ, अगाडि बढिरहेका छौ । चन्द्रगढी महिला गोल्डकपको विजेता टिमले नेपालकै सर्वाधिक राशी पुरस्कार ११ लाख रुपैयाँ पाउनेछ । त्यस्तै, मस्ट भ्यालुएबल प्लेयर, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आयोजकको तर्फबाट एक टिम रहनेछ । त्यस्तै, नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लब तथा चर्च ब्वाइज युनाइटेड, संकटा फुटबल क्लबका महिला टिमको सहभागिता टुंगो लागिसकेको छ। एक टिम भारत, एक टिम भुटान तथा बाँकी दुई टिम एसियन मुलुकका क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्