नेपालमा क्रिकेट खेलको लोकप्रियता संगै खेलकुदको माध्यमबाट बालबालिकाहरू अनुशासन, नेतृत्व क्षमता, टिमवर्क तथा स्वस्थ जीवनशैलीको विकास गर्ने उद्धेश्यले under–१३ ग्रासरूट ईन्डो–नेपाल क्रिकेट प्रतियोगिता २०८२ झापा अर्जुनधारा नगरपालिकामा हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । नेपालको ८ वटा टिम र भारतको २ वटा गरी जम्मा १० वटा टिम प्रतियोगितामा सहभागी हुने छन् । विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैया र ट्रफी हात पार्ने छन् । राउण्ड रोविन को खेल चैत्र २७ गतेबाट बैशाख ८ गतेसम्म खेल सञ्चालन हुने जनाइएको छ । अर्जुनधारा नगरपालिकाले आयोजना गरेको क्रिकेट प्रतियोगिता वडा नं. ९ स्थित नमुना सामुदायिक वनको खेलमैदान सञ्चालन हुने छ ।



प्रतिक्रिया दिनुहोस्