आज हामीले आगामी मिति २०८३ साल वैशाख ०५ गते देखि २०८३ साल वैशाख १२ गते सम्म चौथो ऐनि बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिरहेको जानकारी सहित हाम्रा योजना बारे तपाईहरुको एक माध्यमद्धारा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार साथै सार्वजनिक गर्ने हेतुले आज यस पत्रकार सम्मेलन बोलाईएको व्यहोरा जानकारी गराउन चाहान्छु । बि.स. २०७५ सालमा स्थापना भएको यस बुट्टाबारीयूनाईटेड क्लब बिर्तामोड ले यहाँका आम यूवाहरुको सर्वाङ्गीण विकास र विस्तार गर्न र समाजमा यूवाहरुको नेतृत्वको विकास का निम्ति “युवा जागरूक्ता आजको आवश्यक्ता” भन्ने मुल नारा लाई आत्मा साथ गर्दै समाजका विविध क्षेत्रहरुमा यूवाहरुको सक्रिय सहभागिता गराउदै आएको छ । अनौपचारिक रुपमा केही सक्रिय यूवाहरुको भेलाबाट २०७५ सालमा गठन भएको यस सस्था आज नेपाल सरकारको नियम बमोजिम निश्चित क्षेत्र, क्रम, लक्ष्य र उद्देश्य तथा नीति र निर्देशन को आधारमा “विधान २०७६ निर्माण गरि सो विधान बमोजिम सस्था औपचारिक रुपमा अगाडी बढ्दै आएको छ । जस्को मुख्य उद्देश्य समाज मा रहेका सम्पूर्ण यूवाहरुलाई गलत मार्गमा हिड्न जोगाई बौद्दिक तथा शारिरीक तवरबाट पूर्ण रुपले असल व्यक्ति बनाई आफु समाज र आउने स- सना भाईबहिनी हरुलाई एक सहि मार्ग मा हिडाउन प्रेरणादायिक भूमिका निर्वाह गर्न सकोस् । यस बिर्तामोड वाड न.६ को वर्तमान समय र यहाँका यूवाहरुलाई मुल्याङ्कन तथा तुलना गर्नु पर्दा केही यूवाहरु स्वरजगार र सक्रिय भएतापनि नेतृत्वको कमिका कारण अधिकाशं यूवाहरु बेरोजगार छन् भने केही यूवाहरु सहि ठाँउ र अवसरको कमीले पनि आफै आफैमा अल्मलिएको देखिन्छ । त्यस्ता सबै यूवाहरुको आवाज र शक्तिलाई प्रस्फुटित गर्नका निम्ति बुट्टाबारी यूनाईटेड क्लबले एक माध्यम को भूमिका निर्वाह गर्ने प्रयास गरिरहेको छ । शिक्षा, स्वास्थ, खेलकुद जस्ता सामाजिक कार्यहरु यूवाहरुको सक्रिय उपस्थिती गराउदै आ.व.२०८२/८३ साल अन्तर्गत मिति २०८३ साल बैशाख ०५ गते देखि २०८३ साल बैशाख १२ गते सम्म चौथो ऐनि बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिरहेको जानकारी गराउदै “युवा जागरूक्ता आजको आवश्यक्ता” 
प्रोत्साहन गरी खेलाडी यूवा साथीहरुमा यप हौसला र प्रेरणा दिई सहि प्लेटफर्म उपलब्ध गराउन स्थानिय तहका खेलाडीहरुलाई खेल क्षमता वृद्धि गर्न, स्थानिय तहमा फुटवल खेलको लोकप्रियता बढाउन, स्थानिय खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउन सहयोग गर्न, खेलाडीहरुको मनोबल बृद्धि गर्न, र स्थानीय खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने आशा सहित यो कार्यक्रम आयोजना गरिरहेको व्यहोरा समेत तपाईहरु माझ राख चाहान्छु । प्रतियोगितामा सहभागी हुने टिमहरूमा आयोजक टिम, रेडहर्स ईलाम, तरन्जुवारी फुटबल क्लब, सिलिगुरी, भारत, ब्रदर्सहुड क्लब, उदयपुर, जलथल एफ.सि. झापा, फेयर फुटबल क्लब, धरान सुनसरी, बेलबारी फुटबल क्लब, मोरङ्ग, बगान युथ क्लब, कचनकवल, झापा गरि जम्मा ८ समूह प्रतिस्पर्धामा उत्रनेछन भने खेल २०८३/०१/०५ गते दिनको ठिक २:३० बजे बाट सुरु भई २०८३/०१/१२ गते सम्म चल्ने व्यहोरा समेत जानकारी गराउन चाहान्छु । त्यसैगरि प्रतिस्पर्धामा प्रथम हुने टिमको लागि प्रथम पुरस्कार नगद रू.२,२२,२२२/- सहित आकर्षक शीलको र दृतीयका लागि नगद रू.१.११.१११/-/- सहित आकर्षक शील प्रदान गरिनेछ भने प्रत्येक दिन man of the math को घोषणा गरि रू.२२००/- नगद पुरस्कार प्रदान गरिनेछ भने फाईनल खेलको समयमा best player, लाई रु.१५०००/- र अन्य क्षेत्रका best goalkeeper, highest score, र yong palyer को घोषणा गरि नगद रू. १०,०००/- रुपैयाका दरले पुरस्कृत गरिने व्यहोरा समेत जानकारी गराउदै अनुमानित कार्यक्रमको बजेट रू.२१,६३,३३३/- को रहने छ ।




प्रतिक्रिया दिनुहोस्