झापाको भद्रपुरमा जारी चन्द्रगढी महिला गोल्डकप प्रतियोगितामा नेपाल पुलिस फुटबल क्लबले आयोजक चन्द्रगढी युवा क्लबलाई ६—० को फराकिलो जित निकाल्दै क्वार्टर फाइनमा प्रवेश गरेको छ । पुलिसको जितमा स्ट्राइकर रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् । दुई गोल मिना देउवा र एक गोल अनुष्का शेर्पाको नाममा रह्यो ।

खेलको पहिलो मिनेटमै रेखा पौडेलले गोल गरिन् । डिबक्समा रहेकी पौडेलले अर्की स्ट्राइकर मिना देउवाको हेडरलाई सदुपयोग गर्दै गोल गर्न सफल भइन् । पुलिसको लागि दोस्रो गोल मिना देउवाको नाममा रह्यो । खेलको २९ औँ मिनेटमा सम्झना लावतीको पासमा मिना देउवाले व्यक्तिगत दोस्रो गोल गर्न सफल भइन् । ३८ औँ मिनेटमा रेखा पौडेलले मैदानको मध्यभागबाट सिंगल खेल्दै गोल गरिन् । पहिलो हाफको ४० मिनेट ४–० को स्कोर बनाएको पुलिसले बाँकी २ गोल दोस्रो हाफमा लगाएको थियो । दोस्रो हाफको ७२ औँ मिनेटमा अनुष्का शेर्पा र ७७ औँ मिनेटमा रेख् । प्लेयर अफ द म्याच पुलिसकी रेखा पौडेल भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।

भोलिको खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टिङ क्लबबीच हुने आयोजकले जनाएको छ ।
विजेताले नगद ११ लाख रुपैया र ट्र्फी उपविजेताले नगद ५ लाख रुपैया प्राप्त गर्नेछन्।



प्रतिक्रिया दिनुहोस्