२०८३ जेष्ठ २०
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

ईन्डो–नेपाल टी२० क्रिकेट प्रतियोगिताको बोस्टन क्रिकेट एकाडेमी च्याम्पियन

झापाको अर्जुनधारा नगरपालिकाद्धारा सञ्चालित ग्लमभच–१३ ग्रासरूट ईन्डो–नेपाल टी२० क्रिकेट प्रतियोगिताको उपाधि बोस्टन क्रिकेट एकाडेमीले चुमेको छ ।
आज फाइनल खेलमा बोस्टन क्रिकेट एकाडेमीले सरस्वाती क्रिकेट एकाडेमीलाई ४१ रनले पराजित गरेको हो । बोस्टनले निधार्रित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो ।

जितको लागि १ सय ४९ रनको लक्ष्य पाएको सरस्वतीले १८ दशमलब १ ओभरमा सवै विकेट गुमाएर १ सय ८ रनमात्र बनाउन सक्यो । विजेता बोस्टनले नगद १ लाख नगद र उपविजेता सरस्वतीले ५० हजारमा चित्त बुझायो । चैत्र २७ गतेबाट सञ्चालित प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाइएको थियो । नेपालको ८ वटा टिम र भारतको २ वटा गरी जम्मा १० वटा टिम प्रतियोगितामा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain