२०८३ जेष्ठ २०
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

एपीएफ, चन्द्रगढी महिला गोल्डकपको सेमीफाइनलमा

झापामा जारी ओमसाई पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप प्रतियोगितामा एपीएफ फुटबल क्लबले सेमीफाइनलमा चर्च बोइज युनाइटेडसंग भेट पक्का गरेको छ ।सडन डेथमा एपीएफले संकटा फुटबल क्लबलाई पराजित गरेको हो । निर्धारित समयमा दुबैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा ३–३ को बराबरी भएको हो । सडन डेथमा एपिएफ भाग्यमानी सावित हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो । सडन डेथमा एपिएफका सरु सुब्बा, हिराकुमारी भुजेल र अञ्जना राना मगरले गोल गरेका थिए । संकटाका तर्फबाट सुशीलाकुमारी चौधरी र झुमा विश्वकर्माले गोल गरेका थिए ।

निर्धारित ९० मिनेटमा संकटाले बनाएको थुप्रै मुभहरु खेर गए । एपिएफमाथि निरन्तर दबाब दिए पनि संकटाले गोल गर्ने अवसर गुमाएको थियो । खेलको प्लेयर अफ द म्याच एपिएफकी गीता राना भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain