झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकप प्रतियोगितामा एपीएफ फुटबल क्लब चर्च बोइज यूनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरी फाइनल प्रवेश गरेको छ । उपाधिको लागि एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबसंग प्रतिष्पर्धा गर्ने छ ।

खेलको ३४ औँ मिनेटमा एपिएफले अग्रता लियो । कुसुम खतिवडाले दिएको क्रसमा रश्मिकुमारी घिसिङले गोल गरिन् । पहिलो हाफमा १–० ले अगाडि रहेको एपिएफले दोस्रो हाफमा २ गोल थप्यो । खेलको ४९ औँ मिनेटमा कप्तान अनिता बस्नेत र ६२ औँ मिनेटमा कप्तान अनिता बस्नेतले मैदानको मध्यभागमा मिलाइदिएको पासलाई रश्मी कुमारी घिसिङले गोल गर्दै एपिएफको जित सुनिश्चित गरिन् ।

चर्च वोइजले रक्षात्मक खेल प्रस्तुत गरेको थियो । खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी रेनुका नगरकोटी भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । फाइनल प्रतिष्पर्धा १४ गते सोमबार हुने आयोजकले जनाएको छ ।

विजेताले नगद ११ लाख र ट्र्फी उपविजेताले नगद ५ लाख प्राप्त गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस्