भद्रपुर नगरपालिका ९ मा सञ्चालनमा रहेको ग्यालेक्सी इंलिस स्कूल गत वर्ष झै यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा शत प्रतिशत नतिजा हासिल गरेको छ । यो नतिजा भद्रपुर नगरपालिकाको उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको छ ।

विद्यालयले विगतदेखि निरन्तर शैक्षिक गुणस्तर, अनुशासन तथा आधुनिक शिक्षण पद्धतिलाई प्राथमिकतामा राख्दै आएको छ । यस वर्षको नतिजाले त्यस प्रयासलाई थप पुष्टि गरेको छ । यस वर्ष माध्यमिक शिक्षा परीक्षामा सहभागी २३ जना विद्यार्थीमध्ये सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएको हो ।

यसअघि २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा पनि विद्यालयले भद्रपुर नगरपालिका स्तरमा उत्कृष्ट नतिजा हासिल गर्दै नगर उत्कृष्टको गौरव प्राप्त गरेको थियो । विद्यालयले कक्षा ५ तथा कक्षा ८ को नगरपालिका स्तरीय परीक्षाहरूमा समेत निरन्तर उत्कृष्ट उपलब्धि हासिल गर्दै आएको छ ।

ग्यालेक्सी इंलिस स्कूलको व्यवस्थापन समूहले २०६९ सालदेखि भद्रपुर नगरपालिका–८, सगरमाथा चोक क्षेत्रमा विद्यालय सञ्चालन प्रारम्भ गरेको थियो । त्यसपश्चात् २०७३ सालदेखि भद्रपुर नगरपालिका–९ मा करिब ७ बिघा क्षेत्रफलमा फैलिएको फराकिलो तथा शान्त वातावरणमा विद्यालय सञ्चालन हुँदै आएको छ ।




प्रतिक्रिया दिनुहोस्