झापाको हल्दीवारी गाउँपालिका र भद्रपुर नगरपालिका क्षेत्रमा लुपर क्याटपिलरको प्रकोप बढेको छ ।

चिया तथा कफी विकास बोर्ड क्षेत्रिय कार्यालय विर्तामोडका कर्मचारी तथा प्राविधिकले प्रकोप क्षेत्रको स्थलगत निरिक्षण गरेको छ ।

चिया बगानमा लुपर क्याटपिलर प्रकोप दोस्रो टिपाईदेखि नै देखा परेको हो । गत वर्षको भन्दा प्रकोप झैन भयावह भएको छ ।

प्रकोप क्षेत्रको स्थलगत अध्ययन अनुगमनमा प्राविधिक ज्ञान नहुनु, ब्यवस्थापनको कमी, किटनाशक औषधि अत्याधिक प्रयोग भएको पाइएको बोर्डका क्षेत्रिय निर्देशक डा. लक्ष्मण पोखरेलले बताएका छन् ।

भारतीय मुद्रा आर्जन गर्ने मुख्य निकासीजन्य बस्तु चिया हो । यसले ब्यापार घाटा पूर्ति गर्ने कृषिबाली हो । सीटिसी चियाले वार्षिक झन्नै साढे २ अरब भारतीय रुपैया कारोवार गर्दछ ।

यसलाई संघ, प्रदेश र स्थानीयतहले प्रकोप नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नु पर्दछ ।



प्रतिक्रिया दिनुहोस्