२०८३ जेष्ठ ३०
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

लुपर क्याटरपिलर प्रकोपले चिया बगान नष्ट

झापाको चिया बगानमा लुपर क्याटरपिलरको प्रकोप यो वर्ष वढी मात्रामा देखा परेको छ । हल्दीबारी गाउँपालिका र भद्रपुर नगरपालिकामा लुपर क्याटरपिलरको प्रकोप अत्याधिक देखा परेको हो । के हो त लुपर क्याटरपिलर ? चिया खेतीमा अत्यन्तै विनाशकारी र महामारी फैलाउने शत्रु जीव हो, लुपर क्याटरपिलर । यो बयस्क कैलो रङ्को रात्रीचर पुतली हो । लार्भा कालो र खैरो रङ्को हुन्छ । लार्भा बटारिएर लुप जस्तो बनाएर हिड्ने भएकोले यसलाई लुपर भनिएको हो ।
चियामा लाग्ने लुपर क्याटरपिलर प्रकोप के हो ?


झापाको चिया बगानमा लुपर क्याटरपिलरको प्रकोप यो वर्ष वढी मात्रामा देखा परेको छ । हल्दीबारी गाउँपालिका र भद्रपुर नगरपालिकामा लुपर क्याटरपिलरको प्रकोप अत्याधिक देखा परेको हो । के हो त लुपर क्याटरपिलर ? चिया खेतीमा अत्यन्तै विनाशकारी र महामारी फैलाउने शत्रु जीव हो, लुपर क्याटरपिलर । यो बयस्क कैलो रङ्को रात्रीचर पुतली हो । लार्भा कालो र खैरो रङ्को हुन्छ । लार्भा बटारिएर लुप जस्तो बनाएर हिड्ने भएकोले यसलाई लुपर भनिएको हो । साना लार्भाले कलिलो पातको छेउतर्फ खाइदिन्छ । बयस्क लार्भाले छिप्पेको पात नै खाएर, सखाप पार्दछ ।


यस प्रकोपको शुरुवात र वातावरणीय अनुकुलता सामान्यतया चैत्रबैशाख महिना अर्थात फस्ट फ्लसबाट शुरु हुन्छ । मनशुनको समयसम्म चरम रुप लिन्छ । जाडो महिनामा यो किरा माटोमुनि सुसुप्त अवस्थामा रहन्छ । तापक्रम अर्थात गर्मी बढेसगैं चियाको नयाँ पालुवा आउन थालेपछि माटोमाथि निस्कन्छन् । लुपर क्याटरपिलरको जीवन चक्र चार चरणको हुन्छ । जीवनचक्र पुरा हुन ४० दिनदेखि ६० दिन लाग्दछ । पहिलो अण्डा, एउटा बयस्क पुतलीले ४ सयदेखि ९ सयसम्म अण्डा पार्दछ । छाहारीका रुख वा चियाको बोक्रामा झुप्पा अण्डा पार्दछ । यसको चक्र ४ देखि १० दिन रहन्छ । दोस्रो लार्भा, १५ देखि ३० दिनको चक्र रहन्छ । अत्याधिक खन्चुवा र सवैभन्दा हानिकारक अवस्था हो । यो अवस्थामा सवैभन्दा वढी हरिया पत्ति खाईदिन्छ कतिपय अवस्थामा बोटै सुकाई दिन्छ । तेस्रो प्युपा, ८ देखि १५ दिनको अवस्था हो । चियाको बोटको माटोमा सुसुप्त अवस्थामा बस्दछ । चौथो बयस्क, ५ देखि १० दिन चक्र रहन्छ । राती मात्र सक्रिय हुने पुतली जसले प्रजनन गर्दछ ।


लुपर क्याटरपिलरको, रोगथाम र नियन्त्रण उपायहरु विभिन्न छन् । आइपीएम पद्धति लागु गर्ने, बगानका अनावश्यक झारपात हटाई सफा राख्ने । गोडमेल गर्ने । लाइट ट्रयाप, रासायनिक विधि अर्थात स्प्रे । निरिक्षणको क्रममा बगानको उचित ब्यवस्थापनको कमी र अत्याधिक किट नाशक औषधिको प्रयोग भएको अनुमान गर्न सकिन्छ । समस्याको समाधान, रोकथाम र रिसर्चको लागि उच्च तहको प्राविधिक ज्ञान अति आवश्यक रहेको छ ।
झापाका बगानहरुमा लुपर क्याटरपिलरको प्रकोप वर्षेनी बढ्दै गएको तथ्याकले देखाउछ । जसले गर्दा फस्ट फ्लस र सेकेण्ड फ्लस अति नै ब्यवसायिक रुपमा गुणस्तरको पत्ति उत्पादनमा ह्रास ल्याउँछ । यसको असर कारखानाको प्रशोधन क्षमता र आम्दानी दुवैमा परेको छ । ग्रीन गोल्डको उपनामले परिचित चिया बगान रोगले ग्रस्त बनाउदै लगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain