झापामा बिर्तामोड नगरपालिकाले दुईदिने ‘बिर्तामोड रोजगार मेला’ सञ्चालन गरेको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा अतिथि सदनमा जेठ ३० र ३१ गते मेला सञ्चालन भएको हो । रोजगार मेलामा रोजगारदाता संस्थाहरू डीडी सेक्युरिटी, दिया रिलाएबल, नेपाल लाइफ इन्स्योरेन्स, झापा प्राविधिक शिक्षालय, होटल व्यवसायी संघ, नेपाल भेनियर उद्योग संघ, बिर्तामोड जब सेन्टर, महिला उद्यमी समूह, ग्रिल तथा स्टिल व्यवसायी संघ, रोजगार नेपाल, नेपाल औषधि व्यवसायी संघ, इगल इन्टरनेसनल, कम्प्युटर एसोसिएसन नेपाल (क्यान), लगायत २५ वटा स्टल राखिएको छ । रोजगारको लागि मानिसले र्फम भरेर स्टलमा बुझाए पछि आफुलाई आवश्यक परेका जनशक्तिलाई तुरुन्त नियुक्त गर्ने संस्थाले जनाएको छ ।
रोजगार मेलामा फारम भर्नेको तस्वीर

३० गते १ सय ६२ जना र ३१ गते २ सय ८५ जनाले मेला अवलोकन गरेका थिए । १ सय ७ जनाले रोजगारीको लागि र्फम भरेको आयोजक विर्तामोड नगरपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्