२०८३ श्रावण १२
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

चिया कारखाना बन्द

नेपालमा उत्पादित सिटिसि तथा अयर्थोडक्स चियाको वार्षिक कारोवार करिव १२ देखि १४ अर्ब रुपैया बराबर भइरहेको छ । करिव ५ अर्ब बराबर चिया भारत निकासी भई विदेशी मुद्रा नेपाल भित्री रहेको, करिव ६० हजार कर्मचारी तथा मजदुरहरुलाई रोजगार प्रदान गरिरहेको, चिया उद्योगहरुले वार्षिक झण्डै १ अर्ब रुपैया बराबरको राज्यलाई कर बुझाईरहेका छ ।

उद्योगहरुले विगतका वर्षहरु देखि विभिन्न समस्याहरु लगायत निर्यातमा समेत विभिन्न समस्या भोग्दै आएको सर्वविदितै छ ।

भारतीय चिया बोर्ड (Indian Tea Board) ले नयाँ ’स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (SOP) जारी गरेपछि नेपाली चिया निर्यातमा झन ठुलो बाधा पुगेको छ। विभिन्न प्रकारका गुणस्तर जाँच जोखिमपूर्ण र अपारदर्शी नतिजा तथा भण्डारणको अभाव जस्ता जटिल समस्याहरुका कारण नेपालबाट भारततर्फ चिया निर्याप्त हुन सकिरहेको छैन ।

निर्यात भएका चियाहरु पनि भारतीय खरिद कर्ताहरुको गोदाममा राख्नुपर्ने अवस्था रहेको छ । चियाको नमुना भारतिय चिया बोर्डले परीक्षणका लागि लाने गरेको छ । चियाको परिक्षण रिपोर्ट दिन पनि २० देखि २५ दिनसम्म लगाउने गरेको कारण गोदाममा थन्किएको चियाको गुणस्तरमा ह्रास आउने र रिपोर्टमा चियाको गुणस्तर कमजोर देखिए, गोदामको चिया नै नष्ट गर्नुपर्ने जस्ता अव्यवहारिक नियमहरु थपिएका छन् ।

यसले नेपाली चिया उद्योगले भारत गएको चियाको पैसा पाउने हो कि होईन टुङ्गो छैन । परिक्षणका लागि लिएर गएको चियाको परिक्षणकाल भरिको गोदाम शुल्क तिर्नुपर्ने अनिवार्य छ । यस्ता अनेकौ समस्याहरुका कारण उद्योगले किसानहरुलाई हरियो चियापत्तीको मूल्य, विद्युत महशुल, मु.अ. कर समेत समयमा दिन नसक्ने अवस्था उत्पन्न भएको छ ।

यस्तो विषम परिस्थितिमा हामी सम्पूर्ण उद्योगीहरु वाध्य भएर आगामी दिनमा उद्योग संचालन गर्न नसक्ने अवस्थामा पुगेका छौ । २०८३ असार ४ गते देखि कारखाना बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।

यस विषम परिस्थितिमा चिया किसान, मजदुर, यवसायी र उद्योगीमा बन्दबाट पर्न जाने असुविधाप्रति यसै विज्ञप्ति मार्फत क्षमा याचना गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain