२०८३ श्रावण १२
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

केन्द्रीय चिया सहकारी संघको अपिल

नेपालको चिया खेती विशेषगरी इलाम, झापा, पाँचचर, धनकुटा, तेह्रथुम सहित ३१ वटा जिल्लाहरुका हजारौं साना किसानहरूको जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण निर्यातजन्य नगदे वाली हो । यसले ग्रामीण रोजगारी सिर्जना, सहकारीमार्फत सामूहिक उत्पादन प्रणालीको विकास तथा निर्यातमार्फत विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान दिदै आएको छ ।

अहिले नेपाली चिया भारत निर्यातमा टि बोर्ड भारतले जारी गरेको क्तबलमबचम इउभचबतष्लन एचयअभमगचभ (क्इए) ले सिर्जना गरेको असहजताने भारत निर्यातमा कठिन अवस्था उत्पन्न भई इलाम माई पूर्व तथा झापा जिल्लाका करिव ८३ बटा अर्थोडक्स तथा सिटिसी चिया उद्योगहरु बन्द हुने परिस्थिति सिर्जना भएको हुँदा करिव १५ हजार घरधुरीका ६० हजार व्यक्तिहर प्रत्यक्ष रोजगार विहिन हुने, उद्योगमा आश्रित हजारों श्रमिकहरुको रोजीरोटी गुम्ने साथै दैनिक रुपमा करिव ५ लाख केजी हरियो चिया पत्ति प्रशोधन हुन नपाई खेर जाने अवस्था सिर्जना भएको छ ।


यस परिवेशले गर्दा खेतबारी मासेर पूर्ण रुपमा चियामा आधित किसानहरुको दैनिकी जिवन निर्वाह गर्न कठिन अवश्था उत्पन्न नई चिया क्षेत्रले पूर्ण रुपमा प्रभावित हुने छ । चिया आफैमा लामो बहुवीय बाली भएको र यसलाई तुरुन्त प्रतिस्थापन गरेर अर्को बाली लगाउन समेत नसकिने साथै दैनिक हरियो पत्ति टिपाई नगरेमा त्यसै हुर्किएर खेर जाने भएकोले टिपाई गरेर बेच्नु वाहेक अर्को कुनै विकल्प छैन । यसरी चिया उद्योगहरु बन्द हुँदा पहिलो प्रत्यक्ष असर चिया किसानलाई पर्नेछ । यतिमात्रै होइन चिया किसानहरु विगतबाटै बारम्बार बन्द हडताल तथा हरियो पत्तिको उचित मूल्य नपाउनाले उपयुक्त मलखाद अभाव र राज्यले पनि चिया किसानलाई प्राथमिकता नदिएकोले चिया किसान आफैमा पिडित छन् ।

यस अवस्थामा चिया उद्योगहरु बन्द भएमा किसान तथा श्रमिकहरु समेत विचलित हुने र नेपालको चिया क्षेत्र नै तहसनहस हुन परिस्थिति सिर्जना भएको छ । यस्तो परिस्थिति सिर्जना हुन नदिनको लागि स्थानीय सरकार र प्रदेश सरकार तथा संघ र संधीय संसदहरुलाई समस्या समाधानका लागि सहजीकरण गरिदिनहुन र सरकारलाई तत्काल भारत सरकारसँग कुटनितिक पहल मार्फत समस्या समाधान गरि चिया उद्योगहरु नियमित सञ्चालन गर्ने वातावरण बनाइदिनहुन हार्दिक अपिल गर्दछौ ।

सबै चिया उद्योग तथा चिया क्षेत्रका सरोकारवाला निकाय संघसंस्थालाई जिम्मेवारपूर्वक छलफल तथा संवादबाट समस्या समाधान गरि उद्योगहरु नियमित सञ्चालन गर्ने बातावरण निर्माण गर्न अपिल गरिएको छ । सरकारले नेपाली चियाको अन्तराष्ट्रिय बजारीकरणको लागि भारत लगायत अन्य देशहरुमा बजार सम्भावनाहरुको खोजी गरि चजार विस्तारमा सहजीकरण तथा बजार सुनिश्चितताको लागि आगामी दिनमा रणनैतिक योजना तथा कार्यक्रम गर्न र नेपालमा पारीचियाको बजारस्थापनाकालागि समेत हार्दिक अपिल गर्दछौं ।

 

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain