संगीत क्षेत्रमा क्रियाशील युवा तथा नवप्रतिभाहरुलाई आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले “झापा रकस्टार को नयाँ संस्करण झापा रकस्टार खुल्ला ब्यान्ड प्रतिस्पर्धा कोशी प्रदेश स्तरीय आयोजना भएको छ । विगत केही वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको यस कार्यक्रम अमृत स्टोर, बिर्तामोडको आयोजना तथा एन.एस.एस. इभेन्ट को व्यवस्थापनमा सम्पन्न हुँदै आएको छ ।

यस कार्यक्रमले झापा तथा पूर्वी नेपालका उदाउँदा ब्यान्ड तथा संगीतकर्मीहरुलाई व्यवस्थित मञ्च प्रदान गर्दै आएको छ । प्रतिस्पर्धा मार्फत सहभागीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नुका साथै सांगीतिक क्षेत्रमा आवश्यक अनुभव बटुल्ने छन । यस संस्करणका लागि गत वैशाख ५ देखि जेष्ठ १० सम्म आवेदन खुल्ला गरिएको थियो । कार्यक्रममा कोशी प्रदेशका विभिन्न स्थानबाट ब्याण्डहरुले सहभागिता जनाएका थिए । पहिलो चरणको डिजिटल अडिसनमा करिब १२ वटा ब्यान्ड सहभागी थिए ।

कार्यक्रमको नियम र प्रतिस्पर्धात्मक प्रस्तुतिका आधारमा उत्कृष्ट सातवटा ब्याण्डलाई अर्को चरणको प्रतिस्पर्धाका लागि छनोट गरिएको छ । आगामी फिजिकल अडिसनबाट छनोट हुने उत्कृष्ट पाँच ब्याण्डले प्रतियोगिताको ग्राण्ड फिनालेमा प्रस्तुति गर्ने छन । ग्रान्ड फिनालेमा विजेताहरुले क्रमशः प्रथम स्थान हासिल गर्नेले रु ५०,०००÷– नगद पुरस्कारLivingston V1/M guitar, पोटफोलियो सुट र official Music Video, दोस्रोले नगद ३० हजार नगद, पोटफोलियो सुट र Everest Guitar, तेस्रो हुनेले नगद २० हजार रुपैया, पोटफोलियो सुट र Sound Scap Guitar प्राप्त गर्ने छन ।



प्रतिक्रिया दिनुहोस्